काठमाण्डाै / क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब बढाउने तयारी गरेको छ।

क्यानले अमेरिका र ओमानसँगको सिरिजपछि खेलाडीको श्रेणी बनाएर तलब बढाउने गृहकार्य थालेको हो। गएको महिना बसेको क्यानको बैठकमा समेत खेलाडीको नयाँ श्रेणी बनाउँदै तलबमा वृद्धि गर्ने बिषयमा छलफल भएको थियो।

खेलाडीको तलबमा कति वृद्धि गर्ने भन्ने विषयमा अर्को बैठकको छलफलबाट टुंगो लाग्ने क्यानले जनाएको छ।