काठमाण्डौ / अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले प्रेमी देवांश राणासँग स्क्रिन शेयर गरेकी छन्। साम्राज्ञीले देवांशसँगको फोटो इन्स्टाग्राममा शेयर गर्दै खुशी व्यक्त गरेकी हुन्।

s देवांशसँग म्युजिक भिडियोमा अभिनय गरेको साम्राज्ञीले जनाएकी छन्। इन्स्टाग्राममा उनले लेखेकी छन्, ‘हामी अनस्क्रिन जोडीका रूपमा रहेको म्युजिक भिडियोको फस्टलुक भिडियो चाँडै आउँदैछ। अनुमान गर्नुस् त, गायक को होला ?’

samragi1 केही समययता साम्राज्ञी देवांशसँग गहिरो प्रेममा छिन्। सार्वजनिक कार्यक्रममा होस् या बिदा मनाउन उनीहरू सधैँ सँगै भइरहेका हुन्छन्। देवांश नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाका छोरा हुन्।