संखुवासभा / संखुवासभाबाट प्रहरीले पेस्तोलसहित विप्लबका कार्यकर्ता सोमबहादुर तामाङलाई पक्राउ गरेको छ। प्रहरीले संखुवासभाको सभापोखरी गाउँपालिका–३ बाट पेस्तोलसहित मादी नगरपालिका–५ का तामाङलाई पक्राउ गरेको हो।

तमाङलाई स्थानीय देउमान राईको गोठबाट पक्राउ गरिएको हो। उनको साथबाट प्रेसर कुकर बम एकथान, सकेट बम एकथान, सुतलीबम एकथान, डेटोनेटर सहित विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने तारहरुसहित पक्राउ गरिएको हो।

त्यस्तै सेनाको डिस्पोजल टोलीले त्यहाँ रहेका विस्फोटक पदार्थहरु डिस्पोज गरेको छ। घटनास्थल सदरमुकामबाट एकदिनको पैदल यात्राको दुरीमा छ। पक्राउ परेका तामाङलाई प्रहरीले सदरमुकाम ल्याउँदै छ।