मोरङ / झापा अर्जुनधारा नगरपालिका ५ का ५४ बर्षीय पशुपति भट्टराईको मोटरसाईकल दुर्घटनाबाट ज्यान गएको छ।

सोमवार अपरान्ह पौने ४ बजे मोरङ बेलबारी ४ बेतना स्थित पुर्ब पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ३ प ४०९७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको को १ ज ३७६४ नम्बरको म्याजिक ठोक्किदा मोटरसाईकल चालक भट्टराई तथा पछाडी सवार रहेकी निजकै श्रीमती लक्ष्मी भट्टराई घाईते भएका थिए।

घाईते दुबै जनालाई उपचारको लागी बिराटनगरको न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा पशुपति भट्टराईको बेलुका साँढे ५ बजे ज्यान गएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।

म्याजिक र चालक सो कार्यालयले नियन्त्रणमा लिएको छ।