एजेन्सी / स्पेनिस महारथी क्लब रियल मड्रिडले ब्राजिली युवा स्टारलाई अनुबन्धन गरेको छ। रियलले १७ बर्षीय युवा स्टार रिनियर जिससलाई क्लबमा अनुबन्धन गरेको हो।

जिससले स्पेनिस महारथी क्लबसंग ६ बर्षको सम्झौता गरेका छन्। उनलाई २६ मिलियन पाउण्डमा अनुबन्धन गरिएको हो।

विश्व खेलमा एक उदीयमान तारालाई कल्बले स्वागत गर्दछ। उनको जिवनको नयाँ चरण सफल होस भनेर हामी यहि कामना गर्दछौ। मड्रिडले भनेको छ।

उनले गत बर्षमात्र सिनियर स्तरको प्रतियोगितामा फ्लामेन्गोबाट डेब्यु गरेका थिए। क्लबले गत सिजन घरेलु लिग उपाधि जित्दा उनी टिमका महत्वपुर्ण सदस्य थिए।

जिसस सन् २०१८ मा दुबईमा भएको यू–१६ विश्वकपका सर्वाधिक गोलकर्ता थिए। जहाँ क्लबले फाईनलमा मड्रिडलाई पराजित गरेको थियो।

उनले कोपा लिबर्टाडोरेस र कतारमा क्लब विश्वकप समेत खेलेका थिए।