राजविराज / पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा वडाध्यक्ष सुशीलकुमार चौधरीको ज्यान गएको छ।

मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३६ प ५३०६ नम्बरको मोटरसाइकलमा सवार ३८ वर्षीय वडाध्यक्ष चौधरी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ।