दैलेख / दैलेखकाे भैरबी गाउँपालिका-४ मा रहेकाे स्वास्थ्य चौकीका कार्यालय सहयोगी ४२ वर्षीय कर्णबहादुर थापा मृत फेला पर्नुभएकाे छ। 

सोमवार बिहान ११ बजेतिर स्वास्थ्य चौकी पुगेर कार्यालयको काम गरी फर्किएका थापा घरमै मृत फेला परेकाे प्रहरीले जनाएको छ।

बिहान कार्यालय खाेली सरसफाइकाे काम सकेर स्वास्थ्य चाैकी नजिकै रहेकाे आफ्नाे घरमा गएका थिए। घाटीमा गलबन्दीको पासो लगाएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर साँवदले जानकारी दिनुभयाे।

थापाको शव पोस्टमार्टमका लागि दैलेख अस्पताल ल्याउने तयारी भइरहेको छ। उहाँ १३ वर्षदेखि स्वास्थ्य चाैकीमा कार्यालय सहयोगी पदमा कार्यरत हुनुहुन्थ्याे।