बाजुरा / बडिमालिका नगरपालिका ९ गैरी बजारमा डेढकिलो चरेससहित वडा सदस्य श्यामबहादुर खड्का र देवबहादुर रोकाया पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर चरेससहित दुईजनालाई सार्वजनिक गरेको हो।

प्रहरी नायब उपरीक्षक (डीएसपी) टङ्कप्रसाद भट्टाईका अनुसार पक्राउ पर्नेमा बडिमालिका नगरपालिका ३ रजालीका वडा सदस्य ४० वर्षीय खड्का र गौमूल गाउँपालिका १ घर भइ मार्तडीमा होटल व्यवसाय गर्दै आएका रोकाया रहेका छन्।

प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको गस्तीले गैरीबजारमा कालो झोलामा लुकाएर ल्याएको चरेस लिएर भाग्दै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको भट्टराईले बताउनुभयो।

पक्राउ परेका दुवैलाई लागुऔषध अपराध ऐन २०३३ अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ।