धरान / क्यान्सरको उपचाररत धरानका पुर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ। उहाँको सोमबार दिउँसो करिब १ बजेतिर पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

पुर्वमेयर राईलाई बचाउ अभियानका संयोजक एवं पत्रकार महेश श्रेष्ठका अनुसार अस्पतालको आइसियुमा उपचाररत अवस्थामा उहाँको निधन भएको हो। मेयर राई विगत एक बर्षदेखि क्यान्सर रोगको उपचारमा हुनुहुन्थ्यो।

उहाँलाई क्यान्सरमा पनि दुर्लभ खालको रोग लागेको थियो। भारतको दिल्लीस्थित राजिव गान्धी क्यान्सर अस्पतालमा उपचार सम्भव हुन नसकेपछि उहाँलाई एम्बुलेन्समार्फत नेपाल नै ल्याइएको थियो।

राई २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट मेयरमा निवार्चित हुनुभएको थियो। पछिल्लो समय उहाँ समाजवादी पार्टीमा आवद्ध हुनुहुन्थ्यो। उहाँको एक श्रीमती एक छोरा र एक छोरी छन्।