काठमाण्डौ / नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षबाट मदन खरेलले राजीनामा दिनुभयो। खरेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई राजीनामा पत्र बुझाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ। उहाँलाई ०७५ भदौ ३१ गते मन्त्रिपरिषद बैठकले उहाँलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो।

खरेलले यसअघि २०७० साल जेठमा पनि चार वर्षका लागि महाप्रवन्धक बन्नुभएको थियो। तर त्यसबेला पनि उहाँले एक वर्षपछि काम गर्न नसकेर राजीनामा दिनु परेको थियो। न्यरोबडी जहाजको पहिलो दिल्ली उडान गर्न नसकेपछि तत्कालीन मुख्यसचिव लिलामणी पौडेलको संयोजकत्वमा सरकारले छानबिन कमिटी गठन गरेको थियो।

त्यसै निर्णय प्रति असन्तुष्टी जनाउदै खरेलले २९ महिनामै राजीनामा दिएका थिए। त्यसपछि उहाँको ठाँउमा सरकारले ०७२ जेठमा महाप्रबन्धकमा सुगतरत्न कशांकारलाई चार वर्षको नियुक्ती दिएको थियो। खरेल माथि निगमसंग रहेका एयरवसका वाईडबडी जहाजलाई सफलतापूर्वक विभिन्न गन्तब्यमा उडान गर्न नसकेको आरोप लाग्दै आएको छ।

खरेलले निगमको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको कार्ययोजनामा निगमसँग रहेका सबै जहाज प्रभावकारी रुपमा उडाउने प्रतिबद्धता जनाउनुभएको थियो। तर, उहाँले यो प्रतिबद्धता पुरा गर्न सक्नुभएन। निगमसंग रहेका एयरवसका वाईडबडी जहाजलाई सफलतापूर्वक विभिन्न गन्तब्यमा उड्न सकेको छैन भने निगमसँग रहेको अधिकांस विमान उड्न सकेको छैन।

एयरलाइन्सका पाइलटहरूले खरेलको कार्यशैलीमा चित्त नबुझेपछि सामूहिक राजीनामा दिने चेतावनी दिँदै आएका थिए। २२ जना पाइलटले सामूहिक राजिनामा दिने भएपछि खरेल आफैँले राजीनामा दिनुभएको हो।