खोटाङ / उदयपुर त्रियुगा नगरपालिका ६ का २८ बर्षीय देब नारायण चौधरीलाई ट्याक्टरले किच्दा उनको ज्यान गएको छ।

आज राती ०१४५ बजे खोटाङको हलेसीबाट रंबुवा तर्फ जाँदै गरेको ना ५ त ७१५४ नम्बरको ट्याक्टर दिक्तेल सडकखण्ड स्थित ऐसेलुखर्क भन्ने स्थानमा अनियन्त्रित भइ सडक देखि अन्दाजी २५ मिटर तल पल्टिई दुर्घटना हुदा सोही ट्याक्टरका चालक देब नारायण चौधरीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको सो कार्यालयले जनाएको छ।