काठमाण्डौ / काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनमा बाधा पुर्‍याउने १८ वटा पेट्रोल पम्प हटाइने भएको छ।

मुख्य सवारी आवगमन हुने सडक किनारा तथा घना वस्तीमा रहेको पम्पहरु मापदण्ड विपरीत भएकाले हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ट्राफिक प्रहरी महाशाखा र आयल निगमलाई पत्राचार गरेको हो। तत्काल पम्पहरु हटाउन आवश्यक तयारी गर्न नेपाल आयल निगमलाई भनिएको छ भने सहजीकरण गर्न ट्राफिक प्रहरी महाशाखालाई कार्यालयले पत्राचार गरिएको छ।

कुन कुन पम्प हट्दैछन् ?

काठमाण्डौका १२ वटा र ललितपुरका ६ वटा पम्पहरु हट्नु पर्ने मन्त्रिपरिषद् कार्यालयले औंल्याएको छ। काठमाण्डौको कंलकी, कोटेश्वर, महाराजगञ्ज, बौद्ध, बालाजु तथा ललितपुरको जाउलाखेल, चापागाउँ लगायतबाट पम्पहरु हट्नेछन्।

काठमाण्डौबाट हट्ने पेट्रोल पम्प सूची :

कनक पेट्रोल पम्प, कालीमाटी

कोत थुकु पेट्रोल पम्प, बालाजु

जयन्ती पेट्रोल पम्प, थापाथली

मायाराम भोलाराम पेट्रोल पम्प, थापाथली

बाबा पेट्रोल पम्प, कलंकी

श्यामा पेट्रोल पम्प, कलंकी

त्रिशुल पेट्रोल पम्प, कलंकी

भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर

कामाख्या पेट्रोल पम्प, कोटेश्वर

जुबी पेट्रोल पम्प, बौद्ध

बराल पेट्रोल पम्प, बौद्ध

सीता पेट्रोल पम्प, महाराजगञ्ज

ललितपुरबाट हटाइने पेट्रोल पम्पहरु :

साझा पेट्रोल पम्प, जाउलाखेल

एच.पी इन्टरनेश्नल, जाउलाखेल

गायात्री पेट्रोल पम्प, जाउलाखेल

बज्रबाराही पेट्रोल पम्प, चापागाउँ

बाकुमारी पेट्रोल पम्प, चापागाउँ

टिका भैरव डिजेल स्टोर, चापागाउँ

पम्पहरु हटाउने मन्त्रिपरिषद् कार्यालयबाट पत्र प्राप्त भएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताउनुभयो। विषय जटिल भएको तथा निगमका उच्च अधिकारी काठमाण्डौ बाहिर रहेकाले प्रक्रिया भने अघि नबढेको प्रवक्ता गोइतले बताउनुभयो।

उता पम्प हटाउने निर्णयमा निगमलाई सहजीकरण गरिदिन मन्त्रिपरिषद् कार्यालयबाट पत्राचार भएको महानगरयि ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। ‘ट्राफिक व्यवस्थापनका लागि पम्पहरु हट्नुको विकल्प नभएकाले त्यसअनुसार छलफल भइरहको छ’ माहाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भिम ढकालले भन्नुभयो।

पम्पहरुलाई ट्राफिक प्रहरीको पत्र

पम्प हटाउन नेपाल आयल निगमले प्रक्रिया नथालेपनि ट्राफिक प्रहरीले भने तीन वटा शर्त राखेर पत्र पठाएको छ।

प्रधानमन्त्री कार्यालयको पत्रलाई उदृत गर्दै ट्राफिकले पठाएको पत्रमा ट्राफिक व्यवस्थापन चुस्त बनाउन उपत्याकामा दिनभरी इन्धन बोकेको ट्याङ्कर नगुडाउन भनिएको छ। ट्राफिक प्रहरीको पत्रअनुसार बिहान ७ बजे अघि र बेलुकी ८ बजे पछि मात्रै ट्याकंरबाट तेल वितरण गर्न अनुरोध गरिएको छ।

यस्तै निगम माताहतका सवारी साधनहरु जहाँ पायो त्यहीँ नरोक्न, पेट्रोल पम्पको क्षेत्र पहेँलो घेराले छुट्याउन तथा पम्पमा तेल भर्न जाँदा तथा निस्कँदा हुने यातायात आवागवन अवरोध हटाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ।