कक्षा १२ सम्मकै पाठ्यक्रम परिवर्तन हुँदै

  • शोभित मगर
  • प्रकाशित मिति: माघ 6, 2076

इटहरी / आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ।

पाठ्यक्रम विकास केन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारुप तयार गरिसकेको छ। पहिलो चरणमा शैक्षिक सत्र ०७७–७८ मा कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन हुनेछ।

दोस्रो चरणमा कक्षा २, ३, ६ र १२ को परिवर्तन हुनेछ। त्यसपछि कक्षा ४, ५, ७, ८ र ९ को पाठ्यक्रम क्रमसँगै परिवर्तन हुने छ। २०८० सालभित्र सबै कक्षाको पाठ्यक्रम परिवर्तन भइसक्ने केन्द्रका प्रवक्ता गणेश भट्टराईले बताउनुभयो।

- यो सममाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved