उर्लाबारी / मोरङको मिक्लाजुङ रमितेमा बम बिष्फोट भएको छ। निर्माणाधीन मिक्लाजुङ आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा स्कावेटरमा विष्फोट गराईएको स्थानीयले बताएका छन्।

विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन। यद्यपि प्रतिबन्धित नेकपा विप्लवले विष्फोट गराएकोे आशंका गरिएको छ। विष्फोटबाट भएको क्षतिको विस्तृत विवरण आइ सकेको छैन।

मधुमल्लामा रहेको इलाका प्रहरी कार्यलयले घटनाबारे जानकारी लिएको बुझिएको छ। स्थानीयले घटनाका बारेमा सुचना दिए पनि केही बताउन चाहेका छैनन्। उत्तरी मोरङ २०५२ पछि पनि तत्कालीन माओवादीको शैन्य तालिम हुने क्षेत्रका रुपमा चिनिन्छ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन्।