काठमाण्डौ / स्पेनिस लालिगामा सोमबार ग्रानाडाविरूद्ध भएको खेलमा १-० को मुस्किल जीत निकाल्दै बार्सिलोना शीर्षस्थानमा फर्केको छ।

६९ मिनेटमा सान्चेस दोहोरो पहेलो कार्ड खाँदै बाहिरिएपछि ग्रानाडा १० खेलाडीमा सिमित भयो। १० खेलाडीको ग्रानाडाविरूद्ध गोलको खाता खोल्न मेसीको बार्सिलोनालाई अरू ७ मिनेट कुर्नु पर्‍यो

खेलको ७६औै मिनेटमा कप्तान लियोनेल मेसीले एक गोल गरे। त्यसपछि पनि गोलको खडेरी नै लाग्यो। त्यही एक गोलले बार्सिलोनालाई शीर्षस्थानमा फर्काए।

यो जीतसँगै २० खेलबाट ४३ अंकका साथ डिफेन्डिङ च्याम्पियन बार्सिलोना शीर्षस्थानमा उक्लिएको छ। त्यति नै खेलबाट समान अंकका साथ रियल मड्रिड दोस्रो स्थानमा रहे पनि बढी गोल गरेका कारण बार्सिलोना शीर्षस्थानमा रहेको हो।