बिराटनगर / प्रदेश १ सरकारले नियुक्त गरेका चारजना राज्यमन्त्रीले सपथग्रहण गरेका छन्। आइतबार प्रदेश प्रमुख सोमनाथ अधिकारीको उपस्थीतिमा मुख्यमन्त्री शेरधन राईले चारजना राज्यमन्त्रीलाई सपथ ग्रहण गराउनुभएको हो।

मुख्यमन्त्री राईले इलामका रामबहादुर राना मगरलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, ओखलढुंगाका अम्बिरबाबु गुरुङलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गर्नुभएको छ।

झापाकी जसमाया गजमेरलाई सामाजिक विकास राज्यमन्त्री र र मोरङका विजयकुमार विश्वासलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री नियुक्त गर्दै सपथग्रहण गराउनुभएको हो। विश्वासबाहेक तीनजना पूर्वएमाले सांसद हुन्।

नेकपा प्रदेश कमिटीको शनिबार बिराटनगरस्थित प्रदेश कार्यालयमा बसेको बैठकले दुई खाली मन्त्रालयमा मन्त्री नियुक्त गर्न सुझाएको थियो। प्रदेश १ मा सात वटा मन्त्रालयहरू छन्।