काठमाण्डौ / चर्चीत हास्य टेलिश्रृखला ‘भद्रगोल’ का पात्र सागर लम्साल ‘बले’ र रक्षा श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द र शङ्कर थापाको सङ्गीत रहेको ‘टिकटकले डुबायो’ बोलको गीत बजारमा आएको हो।

रमेश श्रेष्ठको स्वर रहेको गीत निकै रमाइलो रहेको छ। सो गीतमा बले र रक्षा फिचर्ड छन्। पछिल्लो समय टिकटकले गर्दा धेरै मानिसका कला प्रतिभा समेत बाहिर आएका छन्। भने कतिलाई टिकटकले असर पुर्‍याएको छ। सो गितमा टिकटकले पुर्‍याएको असरका बारेमा गीतमा देखाइएको छ।

दर्जनौँ चर्चित गीतहरू गाएर चर्चा कमाइ सकेका तथा देशैभर हुने मेला महोत्सवमा व्यस्त गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको ‘टिकटकले डुबायो’ बिहीबार सार्वजनिक भएको हो।

म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायाङ्कन गरेका छन् भने कोरियोग्राफी गम्बिर बिस्टको रहेको छ। भिडियोलाई निर्देशक सुब्रत राज आचार्यले आकर्षक ढङ्गले निर्देशन गरेका छन्।

हेर्नुहोस भिडियो :