सुनसरी / सुनसरीको ईटहरी उपमहानगरपालिका १३ स्थित खनारमा खाल्डोको पानीमा डुबेर बालक मोहमद रसुदिन मियाको ज्यान गएको छ।

शनिबार मध्यान्न ४ बजे मोहमद अवु जाहेरीको २ बर्षीय छोरा मोहमद रसुदिन मिया आफ्नै घर छेउमा रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर घाईते भएका थिए।

घाईते उनलाई उपचारको लागी बिराट हेल्थ टेक्निकल कलेज बाँसबारी बिराटनगर गिएकोमा उपचारको क्रममा साँझ ६ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।