काठमाण्डौ / जम्मू–कश्मीरमा शनिबारदेखि प्रिपेड मोबाइलमा इन्टरनेट सेवा सुचारु गरिएको छ।

अहिलेका लागि प्रिपेड मोबाइलमा भ्वाइस कल र एसएमएस सेवा सुचारु गरिएको त्यहाँका अधिकारीले जनाएका छन्। भारतीय जनता पार्टी (भाजपा)को नरेन्द्र मोदी नेतृत्वको सरकारले संविधानको आर्टिकल ३७० खारेज गरेपछि जम्मू–कश्मीरमा इन्टरनेट सेवा अवरुद्ध गरिएको थियो।

जम्मू–कश्मीरका मुख्य सचिव रोहित कन्सलले आर्टिकल ३७० खारेज भएको १६४ दिनपछि इन्टरनेट सेवा सुरु भएको जानकारी दिनुभएको छ।

गत साता भारतको सर्वोच्च अदालतले जम्मू–कश्मीरमा इन्टरनेटलगायत सञ्चार सेवा सुचारु हुनुपर्ने मागसहित दायर भएको मुद्दाको फैसला गर्दै सेवा सुचारु गर्न सरकारका नाममा आदेश दिएको थियो।