काठमाण्डौ / जर्मन क्लब बोरुसिया डर्टमुन्डका नयाँ खेलाडी अर्लिङ हल्यान्डले आफ्नो डेब्यु खेलमै ह्याट्रिक गरेर सनसनी मच्चाएका छन्। शनिबार राति अवे मैदानमा अगर्सवर्गविरुद्ध भएको खेलमा डर्टमुन्ड पछि परेको अवस्थामा टिमलाई कमब्याक जित दिलाउन नयाँ नर्वेजियन खेलाडी हल्यान्ड नायक बने।

हल्यान्ड खेलको ५६औं मिनेटमा बेन्चबाट मैदान छिरेका थिए, जुन उनको डेब्यु खेल थियो। तर, दोस्रो हाफमा मैदान छिरेका उनले मात्रै ३ मिनेटपछि गोलको खाता खोले। त्यसपछि उनले २ गोल थप्दै आफ्नो ह्याट्रिसमेत पूरा गरे।

अवे मैदानमा डर्टमुन्ड खेलको ५५औं मिनेटमा पुग्दा ३–१ ले पछि परेको थियो। तर, दास्रो हाफमा डर्टमुन्डले हल्यान्डको नायकत्वमा शानदार पुनरागमन सफल पार्न सफल भयो। घरेलु टोली अगर्सवर्गका लागि ३४औं मिनेटमा फ्लोरिनले पहिलो गोल गरेका थिए।

त्यसपछि दोस्रो हाफमा खेलमा नाटकीय मोड देखिए। दोस्रो हाफमा सुरु हुनासाथ अगर्सवर्गका लागि मोर्को रिचट्रले गोल गरे भने। तर, खेलको ४९औं मिनेटमा डर्टमुन्डका लागि जुलियन ब्रान्डटले गोल गरेर खेल २–१ मा झारे। तर खेलको ५५औं मिनेटमा अगर्सवर्गका लागि फ्लोरिनले व्यक्तिगत दोस्रो गोल गरेर खेल ३–१ बनाए।

त्यसपछि खेलको ५६औं मिनेटमा डर्टमुन्डका नयाँ खेलाडी हल्यान्ड मैदान आएपछि डर्टमुन्डले खेल एकाएक आफ्नो पक्षमा लग्यो। हल्यान्डले ५९औं मिनेटमा गोल गर्दै डेब्यु खेलमै आफ्नो गोलको खाता मात्रै खोलेनन्, टिमलाई कमब्याक जित दिलाउन पनि ठूलो योगदान पनि दिए। हल्यान्डको गोलपछि ६१औं मिनेटमा जोर्डन सान्चोले गोल गर्दै खेल खेल ३–३ को बराबरीमा ल्याए।

त्यसपछि खेलमा हल्यान्डको राज सुरु भयो। उनले पहिलो गोल गरेको ११ मिनेटपछि व्यक्तिगत दोस्रो गोल गरे। फेरि त्यसको ९ मिनेटमै उनले आफ्नो ह्याट्रिक पूरा गरे। र, डर्टमुन्डलाई ३–५ को रोमाञ्चक जित दिलाए।

लिग र क्लबकै लागि डेब्यु खेलमा बेन्चबाट आएर कूल ३६ मिनेट खेलेका हल्यान्डले ऐतिहासिक ह्याट्रिक गर्न मात्रै २० मिनेट लाग्यो। २० मिनेटमा उनले आफू अस्ट्रियन क्लब रेड बुलबाट ठीठाक बुन्डेसलिगा आइपुगेको घोषणा गरिदिए।

यो जितसँगै डर्टमुन्ड १७ खेलबाट ३३ अंक जोडेर लिगको चौथो स्थानमा पनि चढेको छ। ऊ लिग लिडर लेइपजिगभन्दा ४ अंकले पछि छ।