काठमाण्डाै / स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ। कासिमिरोले दुई गोल गर्दा रियल मड्रिडले चौथो स्थानको सेभियाविरुद्ध महत्वपूर्ण जित निकाल्याे। 

जितसँगै रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। सान्टियागो बर्नाबाउमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। ५७औँ मिनेटमा लुका जोभिचको पासमा कासिमिरोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए।

६४औँ मिनेटमा मुनिरको पासमा लु डी जोङले सेभियालाई खेलमा फर्काए। त्यसको पाँच मिनेटपछि लुकास भाज्क्वेजको पासमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै रियल मड्रिडलाई जित दिलाए।

जितसँगै रियल मड्रिडले ४३ अङ्क बनाएको छ। एक खेल कम खेलेकाे बार्सिलोनाको ४० अङ्क छ। सेभिया भने ३५ अङ्कसहित चौथो स्थानमा छ।