मोरङ / मोरङको पथरीशनिश्चरे नगरपालिका ५ शान्तिचोकका ३८ बर्षीय रामजी रिजालको घरमा आगलागी हुँदा लाखौ रुपैँया बराबरको क्षती भएको छ।

शनिबार बिहान ८ बजे विद्युत सर्टभई आगलागी हुँदा टिनको छाना भएको २ तले काठको घर, घर भित्र रहेको १७ तोला सुन, २०तोला चाँदि, ३ लाख ५५ हजार रुपैँया नगद, अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचर गरी अंदाजी ५५ लाख बराबरको क्षती भएको छ।

घटनाबारेमा जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय पथरी, प्रहरी चौकी कुशेचौरी र अमरदहबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा बिहान ९ बजे आगलागी पुर्ण रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।