केराबारी/ मोरङको केराबारी ७ स्थित संरक्षित चुरे क्षेत्रमा दिनहुँ ढुंगा उत्खनन् भईरहेको छ। केराबारी ७ नर्कटे शिरानमा १५ दिन यता ढुंगा उत्खनन् भईरहेको हो।

१५ दिन देखि दिनहुँ स्काभेर प्रयोग गरेर ढुंगा निकाल्दै ट्रिपरका ट्रिपर निकासी गरिरहेको स्थानीयले बताएका छन्। संरक्षित क्षेत्रबाट ढुंगा, माटो निकासी गर्न त परै जाओस मेसिन प्रयोग गर्न नपाईने ब्यवस्था छ।

यस बिषयमा इलाका प्रहरी कार्यालय केराबारीलाई सोध्दा केराबारी गाउँपालिकाबाट अनुमति नै लिएर खेत सम्याउनलाई मेसिन प्रयोग गरिएको जनाएको छ। केराबारी प्रहरीले गाउँपालिकाबाटै अनुमति लिएको जनाएपनि नर्कटे शिरानमा खेत सम्याउन नभई मेसिन प्रयोग गरेर ढुंगा निर्यात गरिरहेको स्थानीयले बताएका छन। ढुंगा निकालेर सो क्षेत्रका केहि ब्यक्तिले केराबारी ७ स्थित दाहाल चोक पूर्व खदम खोलामा स्टक गरिरहेका छन्।

चुरे संरक्षण समिति केराबारीका अध्यक्ष बलबहादुर भुजेलले चुरे क्षेत्रमा उत्खनन् गर्न नमिल्ने भन्दै त्यहाँको प्राकृतिक श्रोतको बिक्रि बितरण गर्न नपाईने बताउनुभएको छ। उहाँले भौगोलिक अवस्था हेरेर प्राकृतिक बिपत्ती रोक्न सामान्य सम्याउन सम्म सकिने बताउनुभएको छ।

यसैबीच वातावरण बिज्ञ इला यादवले चुरे क्षेत्रमा उत्खनन गर्दा वातावरणीय दृष्टिकोणले पनि जमिनलाई असर पुग्ने बताउनुभएको छ। उहाँले ढुंगा गिट्टी, बालुवा निकाल्दा खेतियोग्य जमिन पुरिने, बर्षादको पानिले भिरालो पाखो बगाउने जनाउनुभएको छ।

(नर्कटे शिरान हुनुपर्नेमा सिंदुरे सिरान पर्न गएकोमा सच्याईइको छ-सम्पादक)