काठमाण्डौ / इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज एकैदिन ८ खेल हुँदैछन्। आज हुने खेलमध्ये केही ठूला टोलीका खेल पनि हुँदैछन्। जसमा आज टोटनह्याम, म्यानचेस्टर सिटी, आर्सनल, चेल्सीका खेल हेर्नलायक हुनेछन्।

हाल लिगको अंक तालिकामा लिभरपुल ६१ अंकसहित शीर्ष स्थानमा छ। म्यानचेस्टर सिटी ४७ अंकसहित दोस्रो स्थानमा छ भने लेस्टर सिटी ४५ अंकसहित तेस्रो स्थानमा छ। चेल्सी ३९ अंकसहित चौथो स्थानमा छ भने म्यानचेस्टर युनाइटेड ३४ अंकसहित पाँचौं स्थानमा छ।

आजका खेल नेपाली समयमा

  1. वाटफोर्ड vs टोटनह्याम – साँझ ६ः१५ बजे
  2. ब्राइटन vs एस्टोन भिल्ला – राति ८ः४५ बजे
  3. म्यानचेस्टर सिटी vs क्रिस्टल प्यालेस – राति ८ः४५ बजे
  4. वेस्ट ह्याम vs एभर्टन – राति ८ः४५ बजे
  5. आर्सनल vs सेफिल्ड युनाइटेड – राति ८ः४५ बजे
  6. नर्विच सिटी vs बोर्नेमाउथ – राति ८ः४५ बजे
  7. साउथह्यामपटन vs उल्भ्स – राति ८ः४५ बजे
  8. न्यु क्यास्टल vs चेल्सी – राति ११ः१५ बजे