काठमाण्डौ / स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज एकैदिन चार खेल हुँदैछन्। २०औं साताअन्तर्गत आज ४ खेल हुँदा केही खेलमा रोमाञ्चक भिडन्त हुँदैछन्। आज हुने खेलमध्ये रियल मड्रिड र सेभिल्लाको खेल प्रमुख आकर्षणको खेल हुनेछ। त्यस्तै, इएबार र एथ्लेटिको मड्रिडको खेल पनि महत्त्वपूर्ण हुनेछ।

रियल आजको खेल खेल्न सेभिल्लालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ। आज आफ्नो घरमा पूर्वप्रशिक्षक जुलेन लोपेटेगुईको टिमविरुद्ध उत्रिँदा रियलका लागि यो खेल निकै महत्त्वपूर्ण हुनेछ। रियल आज यो खेलमा स्पष्ट जित निकालेर बार्सिलोनालाई पछि पार्दै लिगको शीर्ष स्थानमा चढ्ने दाउमा छ।

हाल अंक तालिकामा बार्सिलोना र रियलको समान ४०–४० अंक भए पनि २ गोल बढी भएका आधारमा बार्सिलोना शीर्ष स्थानमा छ। एथ्लेटिको मड्रिड ३५ अंकसहित तेस्रो स्थानमा छभने सेभिल्ला पनि ३५ अंकसहित चौथो स्थानमा छ।

आजका खेल नेपाली समयमा

लेभान्टे भर्सेस अलाभेस – साँझ ५ः४५ बजे

रियल मड्रिड भर्सेस सेभिल्ला – राति ८ः४५ बजे

ओसासुना भर्सेस भाल्लाडोलिड – राति ११ः१५ बजे

एइबार भर्सेस एथ्लेटिको मड्रिड – राति १ः४५ बजे