फाईल तस्विर

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका–१६ मा पर्ने जंगलमा मानव कंकाल फेला परेको छ। धरापे गाउँबाट करिब दुईकिलोमिटर टाढाको जंगलमा मानव कंकाल फेला परेको हो। गाउँलेहरुले जंगलमा कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शनिबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मुचुल्का उठाउने जनाइएको छ। जंगलबीचमा छागो खस्ने अप्ठेरो ठाउँमुनि कंकाल रहेको स्थानीयले बताएका छन्।

पुरुष वा महिला भन्ने कुरा प्रष्ट हुन नसकेको कंकाल दुईतीन महिना अघिको हुनसक्ने अनुमान गरिएको छ। कंकाल फेला परेको खबर लगत्तै घटनास्थल पुगेको सुकौरा प्रहरी चौकीले गाउँघरमा कोही हराएको छ कि भनेर सोधीखोजी गरिरहेको छ।