इटहरी / इटहरीमा आगामी १० माघमा आइस टु सी यु २०२० नामक १ दिने सांस्कृतिक कार्यक्रम हुने भएको छ।

इटहरी १ आँपगाछीस्थित बगान फेमली रेस्टुरेन्टमा हुने कार्यक्रममा चार्चित बृजेश श्रेष्ठ एण्ड बियोन्ड मुख्य आकर्षणको रुपमा रहने छन। बृजेशका उडी जाउ न, रंग, सरर, ओह म्यैचा, कान्छी हे कान्छी, बिछोड, डल्लीलगायतका चर्चित गीतहरु दर्शकमाझ आइसकेका छन्।

ओसिषी इन्टरटेनमेन्ट र पार्ल्सवेको संयुक्त आयोजनामा आमागी माघ १० गते कार्यक्रम हुने कम्पनीका प्रमुख बिनय तिवारीले जानकारी दिनुभयो। त्यसै गरी डीजे फ्लोर जी (पुस्पा)समेतको प्रस्तुति रहने छ।

संदेश सुवेदी एण्ड ब्याण्डलगायत अन्य कलाकारहरुको पनि विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ भिजिट नेपाल २०२० लाई पनि सफल बनाउन कार्यक्रम मुख्य रुपमा आयोजना गरिएको कार्यक्रम संयोजक सौगात नेपालले जानकारी दिनुभयो।

कार्यक्रमबाट संकलित केही मुनाफा रकम सामाजिक क्षेत्रमा खर्च गर्ने समेत आयोजकले जनाएको छ। यस कार्यक्रममा पुष्पा गुरुङ होस्टको भूमीका निर्वाह गर्दैछिन्। कार्यक्रम साँझ ५ देखि १० बजेसम्म हुने आयोजकले जानकारी दिएको छ।

सहयोगीको रुपमा कुस रेस्टुरेन्ट एण्ड लाउञ्च बार रहेको छ।