काठमाण्डौ / दुबईको अबुधाबीमा सवारी दुर्घटना तीनजना नेपालीको ज्यान गएको छ। दुर्घटनामा १४ नेपाली घाइते भएका छन्। ज्यान गुमाउनेमा झापाकी कृष्णकुमारी अधिकारी, प्यूठानकी भावना कुँवर र अमिसा मोक्तान तामाङ रहेको नेपाली दूतावास अबुधाबीले जनाएको छ।

धरानकी वर्षा विश्वकर्मा पनि घाइते हुनुभएको छ।यस्तै, अन्य घाइतेहरूमा झापाकी तुलसा थापा, इलामकी सीता सुब्बा, सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, पवित्रा तामाङ र मुना राई छन्।

त्यस्तै, मकवानपुर टिस्टुङ पालुङकी रीता शिवाकोटी, हेटौंडाकी मिना सिंह चापागाउँ, ललितपुरकी कमला नेपाली, दाङ घोराहीकी आशा घर्ती मगर, ,नुवाकोटकी सरिता तामाङ, चितवनकी निर्मला प्रजा र सुजला विश्वकर्मा पनि घाइते छन्। सुजलाको नेपाल ठेगाना भने खुलेको छैन।

1_hospital_WqxY51qQDk एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस अल रहा भन्ने ठाँउमा दुर्घटना भएको थिए। गुडिरहेको लरीमा ठोक्किएर भएको दुर्घटनामा ६ जनाको ज्यान गएकोमा तीनजना नेपाली रहेको पुष्टि भएको हो। तामाङको ठेगाना भने खुल्न बाँकी छ। यही घटनामा अन्य देशका तीनजना नागरिकको पनि ज्यान गएको छ।

यसअघि ०७६ असोजको दोस्रो साता दुवईमा नेपाली चढेको सवारी दुर्घटना भएको थियो। जसमा ६ जना नेपालीले ज्यान गुमाएका थिए।