काठमाण्डौ / सुनको भाउ शुक्रबार तोलामा एक सय रुपैँयाले बढेको छ।

सुनको भाउ आज तोलाको ७४ हजार आठ सय रुपैँया तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहीबार स्थिर रहँदै सुनको भाउ तोलाको ७४ हजार सात सय रुपैँया थियो।

यस्तै शुक्रबार चाँदी तोलामा पाँच रुपैँया बढेर आठ सय ९० रुपैँयामा कारोबार भइरहेको छ।

गएको पुस २३ गते बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो। त्यो दिन तोलाको ७६ हजार ५ सय रुपैँया पुगेको थियो, जुन मूल्य अहिलेसम्मकै महँगो हो।

सुनको भाउको उतारचढावले कारोबार प्रभावित भएको व्यवसायीले जनाएका छन्।