काठमाण्डाै / कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सातौँ चरणको खेल सुरु हुँदैछ।

आज पहिलो दिन एउटा मात्रै खेल हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ। दिउँसो ३ बजेपछि सातदाेबाटाेकाे एन्फा कम्प्लेक्समा हुने खेलमा शीर्ष स्थानकाे मच्छिन्द्र क्लब र पुछारबाट दोस्रो स्थानमा रहेको हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदै छ।

यसअघि यी दुईबीचकाे खेलमा दशरथ रङ्गशालामा हुने तय भएकाे थियाे। लगातार वर्षाका कारण खेल मैदान नै सार्नु परेकाे एन्फाले जनाएकाे छ। 

मच्छिन्द्र आजको खेल जित्दै तालिकामा अग्रता बढाउने प्रयासमा हुनेछ भने शेर्पा पहिलो पटक जित निकाल्दै स्पष्ट तीन अङ्क बटुल्ने प्रयासमा हुने छ। 

मच्छिन्द्रले जारी लिगमा ४ खेलमा जित हात पार्दा २ खेलमा बराबरी गरेको छ। यसैगरी शेर्पाले ६ खेलमध्ये २ खेलमा हार र चार खेलमा बराबरी गरेकाे छ।