एजेन्सी / गायक नेहा कक्कड़ र आदित्य नारायणको विवाह टिभी रियलिटी शो ‘इन्डियन आइडल ११’ को सेटमा तय भएको छ। एउटा एपिसोडको क्रममा, उनीहरूका दुबैका आमा बुबाआमा पुगेका थिए र उनीहरूको विवाहको पुष्टि गरेका हुन्।

यो मात्र होईन, गायक दम्पती आगामी भ्यालेन्टाइन डे मा विवाह गदैछन्। कार्यक्रममा पाहुनाका रूपमा आएकी नेहाकी आमाले भनिन्, हामीले तिम्रो विवाह आदित्यसँग गर्ने निर्णय गरेका छौ। तिम्रो बुबा र म त्यो केटालाई धेरै मन पराउछौं र विवाहको बारेमा सोच्दै छौं।

यो समयमा नेहा एकदम चकित भएकी थिइन आमाले फेरी भनिन् ‘नेहा, हामी तिमीलाई धेरै माया गर्छौं। ’सोही समयमा सम्बन्धको निर्णय गर्न शोमा आएका उदित नारायणले भने, ‘हामी यहाँ आदित्य र नेहाको विवाहको कुरा गर्न आएका हौ।

दुबैको जोडी पनि निकै जमेको छ।’ नेहा बाहेक दुबै जज हिमेश रेशमिया र विशाल डडलानीले सो अवसरमा खुसी व्यक्त गरे। हिमेशले भने ‘यदि फेब्रुअरी २ मा विवाह हुन्छ भने फेब्रुअरी १ मा मेहँदीको आयोजना गर्नु पर्छ।’