काठमाण्डौ / गएको २ वर्षयता प्रेम सम्बन्धमा रहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले दुईपटक इन्गेजमेन्ट समेत गरिसकेका छन्। तर, विवाहको मिति भने अहिलेसम्म्म टुंगो लाग्न सकेको छैन। उनीहरु यस वर्षको असारमा विवाह गर्ने तयारीमा थिए। तर, दुवैतर्फका परिवारको समय नमिलेपछि विवाह हुन सकेन।

गएको महिना अभिनेत्री ऋचा शर्माको रिसेप्सन पार्टीमा अभिनेत्री प्रियंकाले परिवारका सदस्यहरुको समय नमिलेका कारण यस वर्ष विवाह नहुने बताएकी थिइन्। तर, बुधवार आफ्ना केही नजिकका साथीसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेपछि प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा सुरु भएको छ।

aaaaaaaa उनले इन्स्टाग्राम स्टोरीमा आफ्नो ब्याचलर पार्टीका थुप्रै तस्विरहरु पोष्ट गरेकी छन्। उनी ब्याचलर पार्टी मनाउन सहाना बज्राचार्य, सिवांगी प्रधानलगायत आफ्ना केही निकट साथीसँग थाइल्याण्ड प्रस्थान गरेकी हुन्। अभिनेत्री प्रियंकाले इन्स्टाग्राम स्टोरीमा साझेदार गरेका तस्विरहरुमा उनी आफ्ना साथीहरुसँग मस्ती मुडमा देखिएकी छन्।

साथीहरुसँग ब्याचलर पार्टी मनाउँदै गर्दा प्रियंकाको विवाहको मिति नजिकिएको अनुमान गरिएको छ। तर, उनले यस विषयमा मुख खोलेकी छैनन्। स्रोतका अनुसार, यस वर्षको फागुनभित्र प्रियंका र आयुष्मानको विवाह हुनसक्छ। यद्यपि, यस विषयमा दुवैले कुनै जानकारी दिएका छैनन्। आयुष्मानसँग अभिनेत्री प्रियंकाले दोस्रो विवाह गर्न लागेकी हुन्।