मुम्बइ / बलिउड नायिका जायरा वासिमलाई दुर्व्यवहार गर्ने विकास सचदेवलाई तीन वर्ष जेल चलान गरिएको छ। सन् २०१७ मा अभिनेत्री वासिमले आफूमाथि शारीरिक दुर्व्यवहार भएको बताएकी थिइन्।

सो घटना भइरहँदा अभिनेत्री वासिम १७ वर्षीकी मात्र भएकीले पीडक सचदेवलाई बालबालिका संरक्षण कानुनमा दोषी ठहर गरिएको हो।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत नयाँ दिल्लीदेखि मुम्बईसम्मको फ्लाइटमा ४१ वर्षीय सचदेवले शारीरिक दुर्व्यवहार गरेको लाइभ गरेकी थिइन्। विस्तारा एयरलाइन्सले सो व्यक्तिबारे जानकारी गराएपछि प्रहरीले पक्राउ गरेको थियो।