सुनसरी/ मोरङ्गका बिभिन्न १० वटा स्थानीय निकायका उपमेयर/उपाध्यक्षहरुले संघीय संसदको सभामुखमा डा. शिवमाया तुम्बाहाम्फेलाई बनाउन आग्रह गरेका छन्। उपमेयर/ उपाध्यक्षहरुले डा.तुम्बाहाम्फे नै उपर्युक्त हुने भन्दै उहाँलाई नै सभामुख बनाउन मोरङ्ग जिल्ला अध्यक्षमार्फत नेतृत्वलाई अनुरोध गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट निर्वाचित उपमेयर÷उपाध्यक्षहरुले नेकपाका मोरङ्ग अध्यक्ष ऋषिकेश पोख्रेललाई अनुरोध पत्र समेत बुझाएका छन्। उनिहरुले डा.तुम्बाहाम्फेलाई सभामुख बनाएमा पार्टीको गरिमा अझै बढ्ने भन्दै हालका घटना परिघटनाले क्षमता र योग्यता हुँदाहुदै पनि कम आँकलन गरिएको भन्दै आँफुहरुले लैङ्गिक बिभेद महसुश गरेको अनुरोध पत्रमा उल्लेख गरेका छन्।

उनिहरुले डा. तुम्बाहाम्फेलाई संसदको सभामुख बन्ने अवसर जुराएमा महिला र सिंगो महिला आन्दोलनकै सम्मान हुने अनुरोध पत्रमा उल्लेख गरेका छन्।