बिराटनगर / नोबेल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा फागुन पहिलो साताबाट बिराटनगरमा ‘विराट एक्स्पो’ हुने भएको छ। उद्योग संगठन मोरङको आयोजनामा फागुन २ देखि १० गतेसम्म हुन लागेको एक्स्पोलाई नोबेलले मुख्य प्रायोजन गर्ने भएको हो।

एक्स्पोलाई सेन्चुरी मसलाले सह–प्रायोजन गरेको छ भने अन्य १५ कम्पनी प्रायोजक रहेको एक्स्पो मुल आयोजक समिति संयोजक भोलेश्वर दुलालले जानकारी दिनुभयो। ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नारासहित ९ दिने प्रदर्शनी हुन लागेको हो।

उद्योग, व्यावसाय क्षेत्रका उत्पादनको प्रवद्र्धनमा टेवा पुयाउँदै उत्पादक र उपभोक्ताबीचको व्यावसायीक सम्बन्ध बिकासका लागि एक्स्पो गर्न लागिएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताउनुभयो। Nobel-Photo-1 एक्स्पोमा औद्योगिक तथा कृषि उत्पादन, कृषि औजार, सूचना प्रविधि तथा बैकल्पिक उर्जा, अटोमोवाईल्स तथा पार्टस, हस्तकलाका सामाग्री, विधुतीय तथा घरायसी सामाग्री, गार्मेन्ट, खाद्य पदार्थ, शिक्षा, स्वास्थ्य र बैंक तथा वित्तिय सस्थाका ३ सय १५ स्टल रहनेछन्।

जसमध्ये भारत, चीन, भुटान, पाकिस्तान र बंगलादेशका ६० स्टल बुक भएका छन्। एक्स्पोमा नेपालका विभिन्न जिल्लासँगै भारत, चीन, भुटान, बंगलादेश, पाकिस्तान लगायत देशका ३ लाख अवलोकनकर्ता भित्र्याएर १ अर्बको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको अध्यक्ष घिमिरेले बताउनुभयो।

पूर्वी नेपालको औद्योगिकरणमा टेवा पुर्याउन दुई दशक अघिदेखि उद्योग संगठनले विभिन्न नाममा प्रदर्शनी गर्दै आएको छ। यसअघि २०५३ मा कोशी महोत्सव, २०५७ मा औद्योगिक व्यापार मेला, २०६३ मा कृषि तथा औद्योगिक प्रदर्शनी, २०६६ र २०७३ मा विराट एक्स्पो गरिएको थियो।