बिराटनगर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उर्लाबारी प्रचार विभागको मंगलबार बसेको बैठकले विभागको सचिवालय गठन गर्दै विभागलाई सक्रिय बनाउने निर्णय गरेको छ। उर्लाबारी – ५ स्थित नगर पार्टी कार्यालयमा मंगलबार दिउँसो बसेको बैठकले विभागको गतिविधिलाई सक्रिय बनाउन सचिवालय गठन गरिएको हो।

विभागको सचिवालयमा संयोजक निरोज तिम्सिनासहित सुमन घिमिरे, लक्ष्मी ढुंगाना, सरोज बस्नेत, सूर्य चौहान, कुमार सुवेदी, सिता पोख्रेल, वेदनिधि पौडेल, बेलरुपा खजुम र दिलिप पोखरेल चयन भएका छन्। यस्तै वडा नम्बर २ र ४ बाट थप दुईजना चयन हुने संयोजक तिम्सिनाले जानकारी दिनुभयो।

बैठकले नेकपा उर्लाबारी प्रचार विभाग नामको सामाजिक संजाललाई व्यवस्थित ढंगले संचालन गर्न ३ जनालाई जिम्मेवारी दिएको छ भने चाँडै नै वेभसाईट संचालन गर्ने पनि निर्णय गरेको छ। वेभसाईट मार्फत पार्टी नगर कमिटिका सम्पुर्ण गतिविधिलाई संगठित सदस्य र शूभेच्छुकमार्फत पुर्याउन सहज हुने भएकाले यस्तो तयारी गरिएको संयोजक तिम्सिनाले बताउनुभयो।

यस्तै पार्टी एकतापछि अहिलेसम्म उर्लाबारीमा संगठित सदस्य भेला नभएकाले नगर कमिटि सचिवालयसँग छलफल गर्दै त्यस्तो भेला आयोजना गर्न आग्रह गर्ने प्रचार विभागले निर्णय गरेको छ।