इटहरी / इटहरी -५ स्थित अस्थायी प्रहरी चौकी नजिकै एक युवाले आत्महत्या गरेका छन्। सुनसरीको कालाबन्जार घर भई आफन्तको घरमा बसेर कोशी कलेजमा अध्ययनरत १८ वर्षीय बिशाल सुवेदीले आत्महत्या गरेका हुन्।

कक्षा ११ को व्यवस्थापन संकायको परिक्षाको अन्तिम दिन भोलि भएकाले साझँ पढ्छु भनेर एक्लै कोठामा सुतेका उनी मंगलबार बिहान झ्यालमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनको गोजिमा मोबाइल, कानमा इएर्फोन साथै नजिकै गितार रहेको बताइएको छ।

मृतकको आफन्त आए पश्चात् शव परिक्षणका लागि बिपि स्वास्थ बिज्ञान प्रतिष्ठान धरान लगिने इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।