कोभिड- १९ [अपडेट]

बलात्कार आरोपमा चर्चका पाष्टर बिश्वास जोशी पक्राउ

  • शोभित मगर
  • प्रकाशित मिति: पुष 29, 2076

काठमाण्डौ / ललितपुर कुसुन्तीस्थित आशा विश्वासी मण्डली चर्चका पाष्टर बिश्वास जोशी भन्ने ध्रुवबाबु जोशी बलात्कार सम्बन्धी कसुरमा पक्राउ परेका छन्।

पीडित महिलाको लिखित जाहेरी आधारमा ललितपुर प्रहरीले सोमबार पाष्टर जोशीलाई नियन्त्रणमा लिएको हो।

पीडितको उजुरीमा भनिएको छ, ‘बिरामी परेकाले सो चर्चमा गए पश्चात् राम्रो हुन्छ भन्ने बिश्वास लागि आशा विश्वासी मण्डली चर्चमा प्रार्थना गर्न जाने सिलसिला सो चर्चका पास्टर भन्ने व्यक्तिले मलाई भेटी तिमीले नराम्रो काम गरेको कारण तिमीलाई रोग लागेको हो। सो पाप मेटाउनको लागी तिमीले म सँग शारिरीक सम्पर्क गर्नुपर्छ भनि म प्रार्थना बस्दा परमेश्वरले मलाई भन्नु भएको छ। त्यस्तैले तिमीले मसँग शारिरीक सम्पर्क गर्नुपर्छ र तिमीले गरेको पाप नास भएर जान्छ’।

पीडित महिलाले आफूलाई ललाई फकाई बिश्वास दिलाई बिगत ३ महिनादेखि बलात्कार गरेको जनाएकी छन्। ‘पहिले पटक ललितपुर जिल्ला ललिपुर महानगरपालिका अन्तर्गत चापागाँउमोडको एक गेष्ट हाउसको कोठामा बोलाई मेरो ईच्छा विपरीत ढोका बन्द गरी निज पाष्टरले मलाई बलात्कार गर्नुभयो। मैले तिमीलाई शारिरीक सम्पर्क गरेको कुरा कोही कसैलाई भनेमा मलाई परमेश्वरले दिएको शक्ती नास भएर जान्छ, तिमीले कसैलाई भनेमा तिमीलाई जे पनि गर्छु भनि धम्की दिई आएको,’ उजरीमा उल्लेख छ।

दोस्रो पटक आफुले सञ्चालन गरेको पसलमा आई बलात्कार गरेको पीडितको भनाइ छ। अस्विकार गर्दा तिमीले मसँग पहिला पनि शारिरीक सम्पर्क गरी सकेका छौँ तिम्रो परिवार तथा साथीभाईलाई चर्चमा हल्ला गरी दिन्छु भनी डरत्रासमा पारी पुनः सोही पसलको कोठामा बलात्कार गरेको उजरीमा भनिएको छ।

अन्तिम पटक पुसको महिनाको पहिलो हप्तातिर सोही पसल कोठामा डर, त्रास र दवादमा पारी बलात्कार गरेको पीडितको लिखित जाहेरी जनाइएको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

फोन नम्बर: ०२५-५८९३५१, ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

प्रेस काउन्सिल दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2020 - Purbikhabar.com All rights reserved