एजेन्सी / भारी हिमपात र भीषण वर्षाका कारण पाकिस्तानमा २५ जनाको ज्यान गएको छ। मौसममा आएको खराबीसँगैको यो बिपत्तीका कारण पाकिस्तान सरकारले प्रभावित क्षेत्रमा संकटकालको घोषणा गरेको छ।

सबैभन्दा ठूलो राज्य बलुचिस्तानमा अत्याधिक हिमपात हुँदा १४ जनाको ज्यान गएको छ। खराब मौसमका कारण सडक र हवाइमार्ग पनि प्रभावित भएका छन्।

बलुचिस्तानमा कुनै पनि माध्यमबाट सम्पर्क हुन नसकेको अधिकारीहरले जनाएका छन्। क्वेटांमा निरन्तरको हिमपातले कच्ची घर भत्किएका छन्।

अस्पतालमा दर्जनौं घाइते भर्ना भएका छन्। पाकिस्तानमा २० बर्षयताकै भीषण हिमपात भएको हो। बलुचिस्तानका सात जिल्लामा भीषण वर्षा र हिमपात भएपछि संकटकाल घोषणा गरिएको छ।