एजेन्सी / सिरियाको इद्लिब प्रान्तमा भएको हवाइ आक्रमणमा सातजना नागरिकको ज्यान गएको छ। ज्यान गुमाउनेमा केही बालबालिका पनि रहेको मानवअधिकारवादी संघसंस्थले जनाएका छन्।

‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले रुसी सेनाले गरेको हवाई आक्रमणमा सातजना नागरिकको ज्यान गएको हुन सक्ने अनुमान गरेको छ।

सिरियामा सन् २०११ को मार्च महिनादेखि भएको गृह युद्धमा सयौँ नागरिकको ज्यान गइसकेको छ।