काठमाण्डौ / गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ।

दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो। जसमा भट्टराई गम्भीर घाइते भएका थिए। लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो।

संगीतकार मिलन मोक्तानले दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषित गरेको जानकारी दिए।

भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन्। खासगरी गजल गायकीका कारण उनी चर्चित थिए। स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए। धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन्।