इटहरी / कम्प्युटर व्यवसायीहरूको छाता संगठन क्यान इन्फोटेक सुनसरीको आयोजनामा आगामी माघ १ गतेबाट सुनसरीको इटहरीमा सुरू हुने प्रदेश स्तरीय क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ। स्टल निर्माणदेखि मुख्य प्रायोजकहरूको टुंगो लागिसकेको र प्रचार प्रसारलाइ तिब्रता दिइरहेको क्यान सुनसरीले जनाएको छ।

बढ्दो सुचना प्रविधिको बिकास र त्यसबाट मानव जीवनमा पुग्ने फाइदा तथा क्षति र शुरक्षित उपभोगको बिषयमा ज्ञानमुलक शिप र जानकारी गराउने उद्येश्यसहित क्यान इन्फोटेक मेलाको आयोजना गर्न लागिएको हो।

अन्य वर्षहरूको तुलनामा यो वर्ष फरक र बिशेष ढंगबाट मेला सम्पन्न गराउन क्यान महासंघ सुनसरी लागि परेको देखिएको छ। यस पटकको मेलामा अवलोकन गर्न आउने आन्तरीक तथा बाहिय पर्यटकहरूलाई दैनिक लक्कि ड्र मार्फत आर्कषक उपहारको व्यवस्था समेत मिलाइएको छ।

मेलामा पर्यटकहरूलाइ लक्षित गरी बिभिन्न आर्कषक उपहारहरू राखेको जनाइएको छ। ५ गतेसम्म चल्ने मेलाको मुख्य प्रायोजन प्रभु.पे. ले गर्ने भएको छ भने एसोसिएट प्रायोजकमा वल्डलिंक कम्युनिकेशन लिमिटेड, अफिसियल इन्सोरेन्स प्रभु इन्सोरेन्सले प्रायोजन गर्ने भएको छ। मेलामा मुख्य तय पर्यटकहरूलाई लोभ्याउन आर्कषक प्रविधिका कुराहरू ल्याइएका छन जस मध्ये तल उल्लेख गरिएको छ।

रोबोर्ट भिडन्त
त्यसैगरी पहिलो पटक क्यानको मेलामा रोबोर्टहरूको प्रत्यक्ष भिडन्त, दौड र बिभिन्न कृयाकलापहरू पनि प्रदर्शन गरिने भएको छ। बिद्यार्थी एवम आइटी क्षेत्रमा काम गरिरहेका ब्याक्तिहरूले निर्माण गरेको रोबोर्टहरूलाई राखेर प्रत्यक्ष भिडन्त गराइने, भिडन्त र दौड लगायत अन्य प्रतियोगिता गराइने छ जसको रोबोर्टले राम्रो नतिजा ल्याउछ त्यो रोबोर्ट उत्कृस्ट घोषणा गरिने छ। जसमा पर्यटकहरूको आकर्षक रहने र धेरै भन्दा धेरैले यसको अवलोकन गर्ने बिश्वास लिइएको छ।

आइटी म्युजियम
आइटी क्षेत्रमा अहिलेसम्म भएका बिकाशका श्रोत साधनहरूको प्रत्यक्ष अवलोकनका लागि आइटी म्युजियमको व्यवस्था गरिएको छ जहाँ आन्तरिक तथा बाहिय पर्यटकहरूले सुचना प्रविधिको बिकाश हुदा के के प्रयोग भएको थियो र अहिले सम्म के कति प्रविधिहरू बिकाश भइरहेका छन त्यसको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन। जसमा आन्तरिक पर्यटकहरू प्रत्यक्ष लाभान्वित हुने बिश्वास लिइएको छ।

सेफ्टी एण्ड सेक्युरीटी सम्बन्धी बृहत प्रदर्शनी
मेला भित्र सुचना प्रविधीको उपयोगसंगै आफ्नो फेशबुक, ट्विटर, इमो लगायत इन्टरनेटको माध्यमबाट चल्ने युजर आइडीहरूलाइ कसरी सुरक्षित बनाउन सकिन्छ त्यसको बिषयमा पनि बृहत प्रदर्शनी हुने छ। बिद्यार्थी लगायत अवलोकन गर्न आउनेहरूले यसको प्रत्यक्ष लाभ लिन सक्नेछन र यसलाइ पर्यटकहरूको मुख्य आकर्षण केन्द्र पनि मानिएको छ।

साथै मेला भित्र सुचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी, कम्प्युटर प्रिन्टर र ल्यापटप फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज, सिसि टिभी, एन्टी भाइरस लगायत बिभिन्न आइटी प्रोडक्टहरूमा बिशेष छुटको व्यवस्था, स्कुल कलेज स्तरीय आइटी क्विज प्रतियोगिता, कर्पोरेट स्टलको ब्यवस्था, स्केट प्रदर्शनी आइसिटि तालिम समेत प्रदान गरिने छ।